५० लाख नदिए जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने भनि धम्की दिने तीन महिला पक्राउ

दाङ, ३ असोज । दाङमा ‘हनिट्रयाप’मा पारेर पैसा असुल गरेको आरोपमा तीन महिलालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले आईतबार पत्रकार सम्मेलन गरि तीन महिलालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी ३२ बर्षीया सितादेवी थापा, सोही ठाउँकी ३५ बर्षीया खुमा वली र ३२ बर्षाीया सुस्मा परियारलाई पक्राउ गरिएको हो ।

साथै उनीहरुको साथबाट १७ लाखको चेक समेत बरामद गरिएको छ । सितादेवी थापा बस्दै आएको कोठामा गई तत्काल खानतलासी गर्दा उक्त चेक बरामद गरिएको हो । नगद रकम भने सीताले व्याजमा लगाईसकेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

उनीहरुले जबरजस्ती करणीको आरोप लगाएर मुद्दा हाल्ने धम्कि दिएर एक पुरुषबाट १८ लाख रुपैँया अशूल गरेको भन्दै पक्राउ गरि कानुनी पक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले बताए ।

उनीहरुले ५० लाखको बार्गेनिङ गरेका थिए । उक्त रकम नदिए प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्ने भनि डर धम्की देखाएको प्रहरीले बताएको छ । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक बिश्वासघात तथा अपराधिक लाभ (एकस्टर्सन) सम्बन्धि कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुरमा मुद्दा दर्ता भएको छ ।

यदि कुनै क्षति पु¥याउने वा चरित्रमा झुठो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ बर्ष सम्म कैद र ३० हजार रुपैया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ


यस्तो छ, घटनाको विवरण :
असार ६ गते सिता देवी थापा र खुमा वलीले परिवर्तित नामथर भद्र बहादुर जैसीलाई फोन गरेर आफ्नो घरायसी मुद्दा रहेकाले मिलाउन भनि बोलाएका थिए । घोराही १५ स्थित कोहिनुर रेष्टुरेन्टमा बोलाएपछि ति महिलाहरुले वियर, मासु खाँदै मुद्दाका बारेमा कुराकानी गरेका थिए । कुराकानी पछि ति पुरुष रात परिसकेकाले घर जाने तयारीमा थिए । त्यही क्रममा सीता देवी थापा खाटमा पल्टिइन् । ति पुरुषले काउन्टरमा गई पैसा तिरेका थिए ।

उनले होटेलको विल तिरिसक्दा पनि ति महिलाहरु बाहिर ननिस्किएपछि उनीहरुलाई बोलाउन भित्र गएका थिए । त्यही क्रममा थापाले गालीगलौज गर्नुकासाथै आफ्नो ईज्जतमा हात हालेको भन्दै करणीको मुद्दा लगाउने धम्की दिएकी थिईन् । सामान्य वादविवाद पछि सबै जना आ–आफ्नो घर गएका थिए ।

त्यसपछि असार ७ गते खुमा वलीले ति पुरुषलाई फोन गरि ‘दाई सितादेवी थापाका ठुलावडा मान्छे छन्, मुद्दा दर्ता गर्ने कुरो गर्दैछन्, के गर्ने तपाईले मिलाउनु पर्छ, हामी मिलाउछौ प्रहरी कार्यालयमा यो कुरा पुग्न दिदैनौ, केही पैसा तपाईले दिनुपर्छ । आउनु हामी सबै जना बसी छलफल गरौं’ भनेकी थिईन । त्यसपछि सागर एण्ड सुनिल रेष्टुरेन्ट तथा लजमा बसेर सिता देवी थापा, खुमा वली र निजहरुकै साथमा रहेकी सुष्मा परियारसंग भेटभई छलफल भएको थियो ।

उनीहरुले त्यहाँ पनि ‘यो कुरा छिटो मिलाउनु प¥यो नत्र प्रहरीमा उजुरी हाल्छौं’ भनी धाक धम्की दिई ५० लाख रुपैया माग गरेका थिए । ५० लाख रकम माग गरेपछि आफूसंग त्यतिधेरै रकम नभएको भने । तर, ति महिलाहरुले धम्कि दिदै ‘ तँ लाई मुद्दा नहाली छौड्दैनौ’भनी धम्की दिई उनको साथमा रहेको नगद रु.१ लाख र १७ लाखको सिभिल बैकंको चेक लिई जबरजस्ती दस्तखत गराई लिएका थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'