
तुलसीपुर, २८ जेठ । अप्टिमिष्ट क्लब अफ तुलसीपुरले चार महिनामा बिभिन्न कार्यक्रम गर्ने भएको छ । क्लबका अध्यक्ष एकराज भण्डारीको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं एसिया डिस्ट्रीक्ट अफ इनटरनेशनल नेपालका लेफ्टिनेन्ट गभर्नर मान बहादुर बस्नेतको प्रमुख आतिथ्यमा मंगलबार भएको बैठकले चार महिनामा बिभिन्न कार्यक्रम गनेए निर्णय गरेको हो ।
जस अनुसार असार पहिलो हप्ता बृहत स्वास्थ्य सिविर गर्ने निर्णय गरिएको छ, जसको संयोजकमा मेघराज पोख्रेललाई तोकिएको छ । त्यस्तै दोस्रो हप्ता स्मृति योगीको संयोजकत्वमा सुस्त श्रवन भएका बालबालिकाहरुकाबीच बक्तृत्वकला प्रतियोगिता, असारको अन्तिम हप्ता क्लबका स्वास्थ्य संयोजक ओमपी न्यौपानेको संयोजकत्वमा सिकलसेल ऐनिमिया र डेँगी सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने निर्णय भएको छ ।
त्यस्तै साउन दोस्रो हप्तामा रचनात्मक पत्रकारिता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । जसको संयोजक प्रबक्ता दिपक बोहरा, साउन अन्तिम हप्ता मेघराज घिमिरेको संयोजकत्वमा विद्यार्थी मनोसामाजिक परामर्श तथा उत्प्रेरण कार्यक्रम भदौमा उषा गौतमको संयोजकत्वमा निबन्ध, बक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता, असोज पहिलो हप्ता निर्मला डाँगीको संयोजकत्वमा सार्बजनिक बिद्यालयमा शिक्षा सुधारमा प्रधानाध्यापकको भुमिका सम्बन्धी अन्तर्कृया, असोज अन्तिम हप्ता विष्णु कमल न्यौपानेको सयोजकत्वमा बनभोज सहितको दाङ जिल्लामा सकृय रहेका सामाजिक संघसंस्था हरुबिच फेलोसिप कार्यक्रम गर्ने निर्णय भएको छ ।
यस्ता कार्यक्रमले सामाजिक रुपमा सकारात्मक सन्देश दिने प्रमुख अतिथि बस्नेतले बताए । त्यस्तै क्लबका निबर्तमान अध्यक्ष एवं एसिया डिष्ट्रिक अफ इन्टरनेशनल नेपालका डाइरेक्टर कमल सापकोटाले क्लबले विगतदेखि नै सामाजिक कार्यहरु गर्दै आएको र आउदा दिनहरुमा पनि गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।
क्लबका बरिस्ठ उपाध्यक्ष मेघराज घिमिरेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका महासचिव मेघराज पोख्रेलले गरेका थिए ।



लाइभदाङ । २९ जेष्ठ २०८२, बुधबार २१:१० बजे