
तुलसीपुर, २४ मङ्सिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित राप्ती बबई क्याम्पसले प्राबिधिक धारका विषयहरु पनि सञ्चालन गर्ने योजना बनाएको छ । क्याम्पस प्रमुख गणेश पार्धेका अनुसार विविए,विआईटी,विआईसीटीइ जस्ता कार्यक्रमहरु थप गर्ने योजना बनाईएको छ । अहिले प्राबिधिक शिक्षाको माग भइरहेकाले पनि यी कक्षाहरु सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । त्यस्तै विएससी, विएएलएलबी, एलएलबीका कक्षा सञ्चालनकालागि पनि पहल गर्ने समेत प्रमुख पार्धेले बताए ।
२०४७ सालमा सञ्चालित उक्त क्याम्पसमा हाल कक्षा ११,१२ तथा स्नातक र स्नातकोत्तर तहमा शिक्षा शास्त्र,मानविकी र व्यवस्थापन शंकायमा पठनपाठन भइरहेको छ । विहानी,दिवा र सन्ध्याकालीन शत्रका कक्षाहरु सञ्चालनमा रहेका छन् । हाल क्याम्पसमा दाङसहित रुकुम, रोल्पा, सल्यान, प्यूठान, जाजरकोटबाट विद्यार्थीहरु पढन आउने गरेका छन् । हाल क्याम्पसमा २० जना प्रशासनिक र ३९ जना शैक्षिक जनशक्ति रहेको छ । हाल कक्षा ११ र १२ मा तीनसय ८०, स्नातक र स्नातकोत्तरमा तीन हजार सातसय ७६ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
क्याम्पसलाई अनुसन्धान केन्द्रको रुपमा विकसित गर्दै लैजाने,डिजिटल माध्यमबाट विद्यार्थीको हाँजिरी विवरण राख्ने, कम्प्युटर ल्याब र रिसर्च ल्याबको स्थापना गर्ने, सुविधासम्पन्न कभर्ड हलको निर्माण गर्ने, अतिथि आवास कक्ष र छात्रा होस्टेल निर्माण गर्ने, क्याम्पसलाई आंगिक बनाउन पहल गर्ने, बस सेवा सञ्चालन गर्ने आगामी नीति रहेको छ । हाल भवन १० वटा भवन रहेका छन् । साभार : अग्रिम साप्ताहिक



लाइभदाङ । २५ मंसिर २०८२, बुधबार ११:३६ बजे