रफिकोलले गर्‍यो क्यान्सर पीडितलाई सहयोग

तुलसीपुर, १२ वैशाख ।
दाङको तुलसीपुर स्थित राप्ती विश्वासी वचत तथा ऋण सहकारी संस्थाले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाका सेयर सदस्य समेत रहेकी बबई गाउँपालिका वडा नं.४ सुन्दरखाल निवासी ३५ बर्षीया क्यान्सर पीडित मुना बोहरालाई आर्थिक सहयोग गरेको हो ।

                             


उनी विगत दुई बर्षदेखि क्यासर रोगले पीडित छन् । उनको आर्थिक अबस्था कम्जोर रहेकाले उपचारमा सहयोग गर्नकालागि सहयोग गरिएको हो ।

संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकी,उपाध्यक्ष रञ्जनकुमार गौतम,सहसचिब तेजप्रसाद आचार्यसहितको टोलीले घरमै पुगेर आर्थिक सहयोग गरेको हो । संस्थाले आफ्ना सेयर सदस्यहरुलाई यस्ता सहयोग गर्दै आएको छ ।