लागु औषध कारोवारी समात्ने प्रहरी बरिष्ठ हवलदार बराईली पुनःपुरस्कृत

तुलसीपुर,२३ पुस । लागु औषध कारोवारी समात्ने प्रहरी बरिष्ठ हवलदार देव वराइली पुनः पुरस्कृत भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले रु नौ सयले पुरस्कृत गरेको हो । केही दिन अघि तुलसीपुरको पाटी फलो होटेल नजिकबाट ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगरसहित तीन जनालाई बराइलीले पक्राउ गरेका थिए ।

बराइलीले तुलसीपुर ९ निवासी २१ बर्षीय प्रदीप बुढाथोकी, सोही ठाउँका २१ बर्षीय सञ्जिव कठायत र चन्द्र प्रकाश केसीलाई पक्राउ गरेका थिए ।


बराइलीले संगठनले दिएको दायित्व, इमान्दारिता र बफादारीकासाथ पूरा गरेकाले पुरस्कृत गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोखरेलले बताए । बराईली यस अघि पनि लागु औषध कारवारी पक्राउ गर्न सफल भएकाले पुरस्कृत भएका थिए ।

May be an image of text