जेष्ठ नागरिक संघ बबईको बैठक हापुरेमा सम्पन्न

हापुरे, ३ पुष ।
दाङको बबई गाउँपालिकाको हापुरेमा जेष्ठ नागरिक संघ बबईको बैठक सम्पन्न भएको छ। सोमबार जेष्ठ नागरिक संघ बबईका अध्यक्ष सिवलाल भुषालको अध्यक्षता तथा बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईश्वरा रावतको उपस्थितिमा सम्पन्न बैठकले पुस ११ गते बबई गाउँपालिकाको शभाहलमा एक कार्यक्रमका बिच राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको हो ।

बबई गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा हुने कार्यक्रममा बबई गाउँपालिकाका सबै वडामा रहेका जेष्ठ नागरिकहरुलाई उपस्थित गराउन बबई गाउँपालिकाको जेष्ठ नागरिक संघसंग समन्वय गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख ईश्वरा रावतले बताउनुभयो ।


बैठकमा जेष्ठ नागरिक संघका जिल्ला सदस्य चन्द्रबहादुर वली, बबई गाउँपालिकाका ७ वटै वडाका जेष्ठ नागरिक संघका अध्यक्ष तथा प्रतिनिधिहरु सामुदायिक रेडियो हापुरेका प्रमुख रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।