भालुवाङ अस्पताल ५० सैया बनाउने प्रक्रिया अघि बढ्यो

दाङ,६ वैशाख । लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा ५० सैयाको अस्पताल निर्माणको प्रक्रिय अघि बढेको छ ।

हाल रहेको भालुवाङ स्वास्थ्य चौकीको नाम लालमटिया स्वास्थ्य चौकी कायम गरि ५० सैयामा स्तरोन्नती गरी प्रदेश सरकार मातहत रहने गरि सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार स्वास्थ्य मन्त्रालयबाट टिप्पनी उठाएर मन्त्री परिषदमा पठाईएको छ । अबको केही समयमा उक्त अस्पताल ५० सैयाको निर्माणको काम अघि बढ्ने अध्यक्ष विष्टले बताए ।


प्रदेश राजधानी पनि भालुवाङ नै भएकाले ५० सैयाको अस्पताल सञ्चालन हुने प्रक्रिया अघि बढेको बताए । लुम्बिनी प्रदेश सरकारले गएको पुस ७ गते उक्त अस्पताललाई ५० सैया बनाउने निर्णय गरेको थियो ।