
तुलसीपुर, १८ जेठ । पूर्व स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीलाई मातृ शोक परेको छ ।
नेकपा एमाले केन्द्रिय निर्वाचन आयोग सदस्य समेत रहेका तुलसीपुर ५ दाङ निवासी केसीको आमा लिलादेवी केसीको ८१ बर्षमा निधन भएको हो ।
लामो समयदेखि विरामी रहेकी केसीको आईतबार अपरान्ह ४ बजेतिर निधन भएको एमाले लुम्बिनी प्रदेश सदस्य विनोद शर्माले बताए ।
काठमाडौं, बुटवलसहित भारतको लखनउमा समेत उपचार गराईरहेकी केसी पछिल्लो समय कान्छो छोरा मदन केसीसंग बस्थिन । केसीको सोमबार विहान ८ बजे सितलपुर घाटमा अन्त्येष्टी गरिने भएको छ ।



लाइभदाङ । १९ जेष्ठ २०८२, आईतवार १९:४६ बजे