प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलद्वारा वार्ता भवनको अवलोकन

दाङ,११ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री हरिबोल गजुरेलले दाङ स्थित वार्ता भवनको अवलोकन गरेका छन् । शुक्रबार गजुरेलसहित लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलगायतले उक्त भवनको अवलोकन गरेका हुन् । दाङ बबई गाउँपालिका स्थित हापुरेमा २०६० सालमा तेस्रो पटक शान्तिवार्ता भएको थियो । सोही स्थान एतिहासिक भएकाले आफूले अवलोकन गरेको र त्यसलाई संरक्षण गर्न पहल थाल्ने गजुरेलले बताए ।

जहाँ शान्तिवार्ता हुँदा तत्कालिन माओवादीको तर्फबाट डा.बाबुराम भट्टराई, राम बहादुर थापा‘बादल’ र कृष्ण बहादुर महरा थिए, भने तत्कालिन सरकारको तर्फबाट कमल थापा र प्रकाश चन्द्र लोहनी सहभागि थिए ।

तर वार्ता भने सफल हुन सकेको थिएन् । त्यो बर्ता त्यहाँका बासिन्दाले अहिले पनि झलझली सम्झि रहन्छन् । स्थानीय शिबलाल खत्रीको घरमा वार्ता भएको थियो । त्यो घर अहिले पनि सुरक्षित छ । शान्तिवार्ता भएको घरमा अहिले पनि खत्रीको परिवार बस्दै आएको छ । उनको कोठामा नेता डा. बाबुराम भट्टराई र कृष्ण बहादुर महराको फोटो राखिएको छ । इतिहास बोकेको घरको सम्झना स्वरुप फोटो राखेको खत्रीले बताए ।


उक्त स्थानलाई नमूना संग्राहलय बनाउनु पर्ने उनको माग छ । द्वण्द्वकालमा एउटा ईतिहास बनाएको उक्त स्थानमा कुनै पनि चिनो नराखिएको भन्दै उनले त्यसको संरचना र चिनारीका लागि संग्राहलय बनाउनु पर्ने बताए । यसका लागि राज्यले पनि पहल थाल्नु पर्ने उनको भनाई छ ।

शान्तिवार्ता भएको उक्त घर संरक्षण गरे आउने पुस्तालाई पनि ईतिहास थाहा हुने भन्दै शान्तिवार्ता भएको स्थानलाई सुरक्षित राख्नु पर्ने खत्रीको भनाई छ ।

सहरीकरणकालागि डीपीआर हुने
दाङको एतिहासिक हापुरे बजारको बस्ति विकास तथा शहरीकरण गरिने भएको छ । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री धनबहादुर मास्कीले हापुरे बजार एतिहासिक रहेकाले त्यहाको ब्यबस्थित शहरीकरण आबयक रहेको बताए । त्यसकालागि प्रदेश सरकारले ५० लाख बजेट बिनियोजन गरेको उहाँको भनाई छ । हापुरेमा शान्ति वार्ता समेत भएको हो । वार्ता भएपछि त्यो बजारका राष्ट्रिय रुपमा चर्चा हुने गर्छ । त्यस्तै दाङ-सुर्खेत सडक खण्डको एउटा केन्द्रका रुपमा समेत हापुरे बजारलाई लिइएको छ ।