सहीदहरुको बलिदानीले नै मुलुकमा परिबर्तन सम्भव भयोः मास्की

तुलसीपुर,२९ चैत । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले सहीदहरुको बलिदानीले नै मुलुकमा परिबर्तन सम्भव भएको बताएका छन् ।

सहीद पूणर्बहदुर रोका(अभय)को २१ औं स्मृती दिवसका अवसरमा तुलसीपुर ६ गाइडहरमा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई फलफूल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज परिबर्तनकालागि भएका प्रत्येक आन्दोलनमा बलिदानीको इतिहास रहेको बताए ।

‘ठूलो प्रसव पीडाबाट परिबर्तन भएका इतिहास छन्, नेपालमा पनि यसको इतिहास छ’,उनले भने‘ २००७ को आन्दोलन होस, वा झापा विद्रोह, ४६ सालको आन्दोलन तथा २०५२ सालको आन्दोलन होस्, वा २०६२/०६३ को जनआन्दोलन होस्’,उनले भने‘यी सबै आन्दोलन महान सहीदहरुको बलिदानीले नै सफल भएका हुन् ।’


 मुलुकमा २०५२ सालमा भएको जनयुद्ध र त्यसकै जगमा भएको १९ दिने आन्दोलनमा थुप्रै सहीदहरु भएको उनीहरुकै रगतले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्म संविधान निर्माण भएको बताए । जनयुद्धकै बलमा मुलुकमा यति ठूलो परिर्तन भएको उनको भनाई थियो ।
त्यस अवसरमा सहीद अभयका दाई नन्दन रोकाले सहीदको बलिदानीले नै मुलुकमा आमुल परिबर्तन भएको बताए । २०५८ सालमा अभय सहीद भएका थिए ।

No description available.