दाङका साहित्यकार भावनाको कविता पाठ्यक्रममा समावेश

तुलसीपुर, १३ चैत ।
दाङका साहित्यकार भावना न्यौपाने भवानीको कविता पाठ्यक्रममा छापिएको छ । अब देशभरका निजि विद्यालयले उनका कविता पढाउनेछन् ।

मेघा पब्लिकेसन्स प्रालिले उनको कवितालाई स्थान दिएको हो । कक्षा ५ को नेपाली भाषा शौरभमा “हामी सबै समान” शीर्षकको कविता छापिएको हो । तुलसीपुर–५ निवासी भावना सरकारी शिक्षक पनि हुन्, भने स्थापित साहित्यकार पनि हुन् ।


त्यस्तै उनको अर्को कविता निजि विद्यालय कक्षा ५ कै मिठो नेपाली पुस्तकमा पनि “प्यारो स्वदेश” शीर्षकको कविता छापिएको छ । जुन सनराईज पब्लिकेशन प्रालिले छापेको हो ।