डिभाइनका प्रिन्सिपल न्यौपानेलाई ‘बेस्ट प्रिन्सिपल’ अवार्ड

तुलसीुपर, २९ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाइन टेम्पल एकाडेमीका प्रिन्सिपल भोजराज न्यौपानेलाई ‘बेस्ट प्रिन्सिपल’ अवार्ड प्रदान गरिएको छ । नेपाल एजुकेशन अवार्ड यूके–२०२५ मा ‘बेस्ट प्रिन्सिपल अफ द इयर–२०२५’ को उपाधि प्रदान गरिएको हो ।


युनिभर्सिटी अफ ग्रिनिच, लन्डनमा कलेज रिडर्सद्वारा आयोजित समारोहकाबीच उनलाई यो अवार्ड प्रदान गरिएको हो। नेपालको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै अवार्ड प्रदान गरिएको हो ।