श्रीगाउँको महायज्ञमा योगी परिवारलाई सम्मान

निराश पाण्डे
श्रीगाउं १८ फागुन ।
दंगीशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउं स्थित २ सय ५० बर्ष पुरानो श्री सिद्ध भगवन्तनाथ मन्दिरको सर्बाङ्गिण बिकासका लागि फागुन १४ गते देखि श्रीगाउंमा संचालित सप्ताह धार्मिक ज्ञान विज्ञान महायज्ञको ४औं दिन बुधबार मात्रै ८४ हजार बढी आर्थिक संकलन भएको मुल आयोजक समितिका संयोजक धर्म नाथ योगीले बताउनु भएको छ।

बुधबार सबैभन्दा बढी दंगीशरण गाउँपालिका वडा नम्बर ७ श्रीगाउं निवासी कोमल नाथ योगीकी श्रीमती सीता योगीले तुलादानबाट १४ हजार र छोरा प्रदिप योगीले ११ हजार ५ सय नगद प्रदान गर्नु भएको मुल आयोजक समितिका संयोजक धर्म नाथ योगीले बताउनु भएको छ। दानबिर योगि परिवारलाई कार्यक्रम स्थलमा प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो।


महायज्ञमा बिहान ६ देखि ७ बजे सम्म योग सिबिर, ८ देखि १२ बजे सम्म श्रीमद्भभागवतको पाठयनाराण, १२ देखि ४ बजे सम्म कथा प्रबचन, साझ ६ देखि ७ बजे सम्म बाल संस्कार र ७ः३० देखि साझ १०ः३० बजे सम्म रात्रीकालिन कथा प्रबचन तथा भजन कृतनको कार्यक्रम रहेको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गोपाल नाथ योगिले जनाउनु भएको छ।

उक्त ज्ञान बिज्ञान महायज्ञमा नेपाली भाषाका श्रिङगारिक प्रमुख कथाबाचक अच्युत शरण महाराज धिताल रहनु भएको छ। महायज्ञ फागुन २१ गते सम्म संचालन रहने आयोजक समितीका संयोजक योगिले जनाउनु भएको छ।