तीन हजार जरीवाना र तीन महिना कैद सजाय पाएका दुई जना पक्राउ

तुलसीपुर, १० भदौ ।
दाङमा चोरी मुद्दाका फरार प्रतिवादीहरु प्रकाउ परेका छन । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. ४ गोग्ली बस्ने बर्ष ३१ को बुद्धिराम चौधरी र बर्ष ३३ को निम बहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


दाङ जिल्ला अदालतबाट मिति २०७९ माघ १२ गते चोरी मुद्दामा जनही ३ महिना कैद सजाय र ३ हजार जरीवाना फैसला भई फरार रहेकोमा आज पक्राउ गरी अदालतमा बुझाइएको हो ।