काठमाडौं, १९ भदौ ।
पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र १ हजार ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३० जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये २ हजार ३८५ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् । यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
लाइभदाङ । १९ भाद्र २०७९, आईतवार १६:४३ बजे