जुम्लेकुलामा किशोरीहरुलाई आत्मरक्षा तालीम

लक्ष्मण बस्नेत
तुलसीपुर
२० भदौ / महिला तथा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तालिम आज आईतवार देखि शान्तिनगर गाउँपालिकाको जुम्लेकुलामा सुरु भएको छ । सामाजमा वातावरणीय शिक्षाको बिकास (सिड) संस्थाले संचालन गरेको बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रमको आयोजना एवं आईएम स्वीडिस डेभलपमेन्टको आर्थिक सहयोगमा सञ्चालित तालिम दुई दिन सम्म चल्नेछ ।

किशोरीहरुलाई परिआउदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसा बारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी वच्न सकिन्छ,आफ्नो क्षमता आफू ले कसरी पहिचान गर्ने?,हिंसा का किसिमहरु के के हुन?आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अबस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ ।

गाउँपालिका स्तरका सबै वडाबाट महिला तथा किशोरी गरि २५ जनाको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पदम बस्नेत र लक्ष्मण बस्नेत रहेका छन् ।
यसैबिच तालिमको उद्घाटन समाजमा वाताबरणिय शिक्षाको बिकास सिड सस्था अध्यक्ष भागीराम चौधरीको अध्यक्षता तथा शान्तिनगर गाउँपालिका वडा न ४ का अध्यक्ष धन बहादुर केसीको प्रमुख आतिथ्यमा भएको थियो ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष केसिले आत्म रक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए ।


आफूसंग भएको सिप,स्रोत र साधनको प्रयोगमा आफ्नो रक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला हो सिकेको सीप लाई व्यवहार तहमा लागू गर्न र सबैमा यसको महत्त्व लाई बुझाउन आवश्यक रहेको उनको भनाई थियो ।

सोमबार सम्म संचालन हुने तालिम बारे संस्थाकी बाल बिबाह तथा लैङ्गिक हिंसा अन्त्य अभियान कार्यक्रम संयोजक सीता बिस्टले प्रकाश पारेकी थिइन् । संस्थाकी सहजकर्ता सिवा कवरको स्वागत रहेको कार्यक्रमको संचालन संस्थाकी सामाजिक परिचालक शारदा बस्नेतले गरेकी थिइन ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'