मावि सौडियारमा मंसिर २१ गतेदेखि महायज्ञ सुरु हुने

दाङ, १ मंसिर ।
तत्कालिन सौडियार गाविस, हाल घोराही ७ सौडियारकै जेठो र पुरानो श्री माध्यमिक विद्यालय सौडियारमा श्रीमद् भागवत ज्ञान महायज्ञमा सञ्चालन हुने भएको छ । विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक, विद्यार्थिसहितको संयुक्त बैठकले विद्यालयमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराइको अध्यक्षतामा बसेको संयुक्त बैठकले यहि मंसिर २१ गते शुक्रवारदेखी विद्यालयको प्रागंणमा महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको बैठकपछि विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलिले जानकारी दिनु भयो । माबि सौडियारमा सभाहलसहितको भबन निर्माण गर्न र बिद्यालयको बृहत्तर बिकास गर्ने उदेश्यले महायज्ञ लगाउन लागीएको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले बताउनु भयो ।


विद्यालयको सुधार तथा विकासका लागि महायज्ञले सहयोग पुर्याउने निष्कर्ष निकाल्दै सिंगो स्थानीय समुदायलाई परीचालन गर्ने गरी विद्यालयले आफ्नै पहल, खर्चमा महायज्ञ लगाउने निर्णय भएको विद्यालयका सहायक प्रधानाध्यापक दामोदर पाण्डेले बताउनु भयो ।

महायज्ञलाई सफलतापुर्वक सञ्चालन गर्नका निमित्त सबैलाई सहयोगको आह्रवान गर्दै यसलाई वृहत बनाउन वर्तमान तथा पुर्व विद्यार्थि, अभिभावक, समाजसेवि, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसहित पदाधिकारी, सदस्य, शिक्षक अभिभावक संघका अध्यक्षसहित सदस्य, शिक्षक, शिक्षिका, कर्मचारी, तत्कालिन भवन निर्माण समितिका अध्यक्ष, सदस्य, तत्कालिन विद्यालयका प्रधानाध्यापक, स्थानियवासि, टोलवासि, मतौ, स्वयमसेविका, आमा समुह, राजनितिक दल, वन समुह, स्थानिय सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानिय क्लव सहीतको भेला राख्ने ब्यापक तयारी सुरु गरीएको सहायक प्रअ पाण्डेले जानकारी दिनु भयो ।