सांग्रिला बैंक सुर्खेत शाखाको वित्तय साक्षरता

दाङ,१० चैत । नेपाल राष्ट्र बैंकको समन्वयमा ‘प्लान योर मनी,प्लान योर फ्युचर ’ भन्ने मुल नाराका साथ ‘ग्लोवल मनी वीक’ यहि चैत्र ६ गतेदेखी १२ सम्म विश्वव्यापी रुपमा हर्षोउल्लास पूर्वक मनाईरहेको छ ।

यस सन्दर्भमा बैंक सुर्खेत शाखाको आयोजनामा बालबालिका तथा युवाहरु लाई लक्षित गर्दै ईलाईट उच्च माध्यामिक विद्यालय अध्ययनरत कक्षा ९, १० र ११ का विद्यार्थी र शिक्षकहरु माझ आज शुक्रवार वित्तिय सचेतनामुलक कार्यक्रम (वित्तय साक्षरता कार्यक्रम )सम्पन्न भएको छ ।


कार्यक्रममा बैंक भनेको के हो ,बैंङ्कमा कारोबार गर्दा हुने फाइदाहरू, वित्तीय साक्षरता के हो ,वित्तीय साक्षरता भित्र समेटिने मुख्य विषयहरु वचत,ऋण,लगानी,विप्रेषण, बीमा आदि र साक्षरता कस –कसको लागि आवश्यक छ यूवा ,बालबालिका ,विपन्न वर्ग यस्तै वित्तीय साक्षरताले सिकाउने मुख्य कुराहरु ,बचत बचतको महत्व, बचत गर्ने केही उपायहरु बचत खाताका फाइदाहरू नियमित बचत खाता,चल्ती बचत खाता ,मुद्दति वा आवधिक बचत खाता,बचत गर्न सकिने संस्थाहरु,ऋण,ऋणको महत्व ,ऋण दिने व्यक्ति वा संस्थाहरु औपचारिक,अनौपचारिक ,ऋण लिँदा ध्यान दिनु पर्ने कुराहरु,लगानी,लगानीको लक्ष्य ,सफल लगानीको लागि ध्यान दिनुपर्ने कुराहरू,विप्रेषण,माध्यमहरु,औपचारिक संस्थाबाट विप्रेषण कारोबार गर्दा हुने फाइदा,विप्रेषण गर्दा ध्यान दिनुपर्ने कुरा लगाएतको वारेमा शाखा प्रबन्धक जीवन कुमार डि.सी. ले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा ६० जना विद्यार्थी तथा शिक्षकको सहभागीता रहेको थियो । युवा तथा बालबालिका लाई वित्तिय साक्षर गराउने उद्येश्यका साथ सांग्रिला डेभलपमेन्ट बैंक लि. सुर्खेत शाखा ले समय समयमा यस्ता खालका सचेतनामुलक तथा सामाजिक कार्यहरु गदै आएको प्रबन्धक डि.सी. वताउनुभयो । सांग्रिला डेभलपमेन्ट बैंक लि. राष्टिय स्तरको विकास बैंक हो र यसका देशभर हाल १ सय १२ शाखा कार्यालय र ३० ओटा एटिएम मार्फत सहज र सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंक ले जनाएको छ ।