तुलसीपुरमा अटो पल्टिदा ९ जना घाइते

तुलसीपुर, १४ माघ ।
चालकले रक्सी खाएर चलाएको अटो पल्दिा दाङको तुलसीपुरमा–९ जना घाइते भएका छन् । घाइते हुनेमा रुकुमको त्रिवेणी गाउँपालिका–८ निवासी २१ वर्षकी भुमा खड्का, सोही ठाउँ निबासी २७ वर्षका भरत कुमार वली, २५ वर्षका मानव ओली, २२ वर्षकी हरीकला वली खड्का, उहाँकी ८ वर्षकी छोरी आयन्सा खड्का, २५ वर्षकी चित्रकला वली, उहाँको छोरी २ वर्षकी प्रशंसा वली, ५ वर्षका छोरा निरज वली र तुलसीपुर उपमहानगरपालिका–७ निवासी गिरु भण्डारी रहेका छन् ।


गणेशपुर पार्कबाट तुलसीपुर जाँदै गरेको रा १ ह ६१६९ नम्बरको अटो दिउँसो साढे चार बजे पार्क नजिकै अनियन्त्रीत भएर पल्टिएको थियो । क्षेमता भन्दा बढी यात्रु राखेको र मादक पदार्थ सेवन गरेर सार्वजनिक अटो चलाएकाले सार्वजनिक मुद्दा चलाउने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।