मानव सेवा नै हाम्रो दर्शन हो : इञ्चार्ज आचार्य

तुलसीपुर,१७ माघ । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यले कम्युनिष्ट पार्टी मानव सेवाकालागि नै स्थापना भएको बताएका छन् ।

मानव सेवा आश्रमको आयोजनामा तुलसीपुरमा भएको महायज्ञको चौथो दिनमा प्रमुख अतिथिको रुपमा सहभागि भएका इञ्चार्ज आचार्यले भने‘कम्युनिष्टको दर्शन, विचार र मानव सेवा आश्रमको सेवाले मेल खान्छ ।’

मानव सेवाकालागि थालेको यो कार्यको उनले प्रशंसा समेत गरे । मानव सेवाकालागि निर्माण हुन लागेको भवनकालागि सरकारको तर्फबाट समेत पहल गर्ने आचार्यले प्रतिबद्धता जनाए ।


त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, तुलसीपुर नगर इञ्चार्ज प्रेमराज वली‘प्रभात’, शंकर भट्टराई, सिताराम शर्मा, धनबहादुर बुढालगायतको सहभागिता रहेको थियो ।