विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

पोखरा, २ माघ ।
यती एअरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको जानकारी दिए ।

योसँगै ७० जनाको शव फेला परेको छ । एसपी केसीले अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने जानकारी दिए ।


‘त्यो खोंच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौं’ उनले भने । एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने उनले बताए ।

४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोंचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।