६० औ स्थापना दिवस

सुशील बस्नेत
दाङ ,१९ भाद्र ।
नेपाल रेडक्रस सोसाइटीको ६० औ स्थापना दिवस तुलसीपुरमा मनाईको छ । रेडक्रस दाङ शाखाको आयोजनामा दिवस मनाईएको हो ।

दाङ शाखाका सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले मानवीय सेवमा रेडक्रस अग्रसरतामा नेपाल रेडक्रसले भुमिका खेल्दै आईरहेको बताउनु भयो । कार्यक्रममा रेडक्रस दाङका संस्थापक मन्त्री नवराज रजौरेले रेडक्रसको स्थापन र औचित्य बारे चर्चा गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले बिपतको समयमा रेडक्रसले खेल्दै आएको भूमिकाको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, रक्त सेवाको सेवा उत्कृष्ट सेवाको रुपमा काम गर्दै आएको बताउनु भयो ।


डेनिस रेडक्रसका प्रतिनिधि सुर्य पौडेलले बिगत ४/५ बर्षदेखी नेपाल रेडक्रससग मिलेर काम गर्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । अन्तराष्ट्रिय रेडक्रस सन १८६३मा हेनरी डियुनाले स्थापना गर्नुभएको हो भने एक सय बर्ष पछि नेपालमा सन १९७३ मा स्थापन भएको हो ।

कार्यक्रममा शाखाका उपसभापति मदन गौतमले स्वागत मन्तव्य र सहजीकरण शाखाका विश्राम अधिकारीले गर्नुभएको थियो।