हाम्रो पहुँच माविमा विपन्न बालबालिका सहयोग कोष स्थापना

दाङ, ३० भदौ ।
हाम्रो पहुँच माविले विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा विद्यालयले ४६ हजार बढीको विपन्न बालबालिका सहयोग कोष स्थापना गरेको हो ।

आर्थिक अवस्था कमजोर भएर कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहोउन भन्ने उद्देश्यका साथ विद्यालयले ४६ हजार ६ सय ६५ रुपैंयाको बराबरको सहयोग कोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक भण्डारीले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षकको तर्फबाट २६ हजार ६ सय र विद्यार्थीहरुले खाजा खर्च कटाएर २० हजार ६५ रुपैंया गरी ४६ हजार ६ सय ६५ रुपैंयाको कोष स्थापना भएको हो । कोषले विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उहाँले बताउनुभयो । कोषलाई आगामी दिनहरुमा बढाँउदै लैजाने प्रअ भण्डारीले जानकारी दिनुभयो ।

यसैबिच विद्यालयले बुधबार आज विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाएको छ । बाल दिवसको अबसरमा विद्यालयले चित्रकला प्रतियोगिता , कविता प्रतियोगिता, चम्चा दौड, कुर्सि दौड र चक्लेट दौड प्रतियोगिता गरेको छ भने नाटक , नृत्य, गित प्रस्तु भएको थियो ।


कविता प्रतियोगितामा कक्षा ६ देखी १० सम्मका १२ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा ग्रिन हाउस कक्षा ९ (जि) का अनुप चौधरी प्रथम, रेड हाउस कक्षा ७ (आर) ग्रुपका अनुप पौडेल द्धितिय, रेड हाउसकै कक्षा ८ का तृप्ती न्योपाने तृतिय हुनुभएको छ । रेड हाउस कक्षा ८ का स्वस्तीमा विसी. सान्तोन हुनुहुभएको छ ।

त्यसैगरी चित्रकला प्रपतयोगितामा कक्षा ३ देखी ५ सम्मका २० जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा ह्वाइट हाउस कक्षा ३ (जि)का एल्जिन चन्द प्रथम, बुलु हाउस कक्षा ४ (जी) ग्रपका सुयोग वली द्धितिय, ह्वाइट हाउस कक्षा ५ (जि) ग्रुपका सागर चौधरी तृतिय हुनुभएको छ । त्यस्तै बुलु हाउस कक्षा ४ का राजन केसी चौथो हुनुभएको छ ।

त्यसैगरी नर्सरी देखी कक्षा २ सम्मका विद्यार्थीहरुले चम्चा दौड, कुर्सी दौड , चक्लेट दौडमा सहभागी भएका थिए । हाम्रो पहुँच माविका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयका कल्याणकारी अधिकृत तिलकराम कालाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।