तुलसीपुरमा ‘जेन्जी हार्डवेयर’खुल्यो

दाङ, ०९ असोज ।
दाङको तुलसीपुरमा शुक्रबारदेखि ‘जेन्जी हार्डवेयर प्रालि’ सञ्चालनमा आएको छ। तुलसीपुर–५, नामीनगरमा ११ जना व्यवसायीको संयुक्त लगानीमा हार्डवेयर सञ्चालनमा ल्याएका हुन् ।

प्रालीका प्रबन्ध निर्देशक भीमबहादुर केसीका अनुसार हार्डवेयरको नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रीय सचिव मिनराज भण्डारी र तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले उद्घाटन गरेका हुन् ।


त्यस अवसरमा सचिब भण्डारीले ब्यबसायीहरुबीच एकता हुन आबश्यक रहेको बताए । उनले हरेक ब्यबसायीलाई अफ्टेरो पर्दा सबै एकजुट हुन आबश्यक रहेको समेत बताए ।

त्यस्तै चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले पछिल्लो समय विदेश पलायन बढिरहेको अबस्थामा यसरी ब्यबसाय थपिनुले आशा पलाएको   बताए ।