दाङ ३(२) : अनुरागलाई कुलबहादुरले उछिने

दाङ,७ मंसिर ।
दाङ क्षेत्र नं.१ को प्रदेशसभा २ मा स्व.खुमबहादुर खड्काका छोरा अनुराग पछि परेका छन् । सुरुवात देखि झिनो मतान्तरले अघि रहेका खड्कालाई एमाले उम्मेदवार कुलबहादुर केसीले उछिनेका हुन् ।


केसीले ६ हजार ७ सय ६४ मत ल्याएका छन्, भने खड्काले भने ६ हजार ५ सय ८७ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर १७७ रहेको छ । १६ हजार ५ सय ३८ मत गन्दा यस्तो परिणाम आएको हो ।