तुलसीपुर आउँदै गरेको जीप सल्यानमा दुर्घटना, पाँच जना घाइते

दाङ, १९ जेठ । सल्यानबाट तुलसीपुर आउँदै गरेको जीप कपुरकोटमा दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा परि रोल्पाको गंगादेव गाउँपालिका– २ की २८ वर्षीया संगीता वली, २७ वर्षीया नन्दी वली, ४२ वर्षीया पिली डाँगी, १८ वर्षीया चन्द्रा भण्डारी र ३२ वर्षीय मदन भण्डारी रहेका छन्।


उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था मध्यम रहेको छ ।

दिउँसो करिब ४ बजेतिर सल्यानको कपुरकोट गाउँपालिका – ३ ढोरेनीमा ग १ ज ५७४२ नम्बर जिप ब्रेक फेल भई सडक किनारमा पल्टिन पुगेको थियो।