तुलसीपुर, १५ पुस । दाङको तुलसीपुरमा मानसिक तथा नशारोग विशेषज्ञ आउन लागेका छन् । हाल भैरहवा मेडिकल कलेजमा कार्यरत बरिष्ठ नशा तथा मानरोग विशेषज्ञ डा. संजीव शाह तुलसीपुर आउन लागेका हुन् । यही पुस १७ गते आइतबार तुलसीपुरको ‘ग’ लाइन स्थित नागरिक केयर हस्पिटल प्रालिमा आएर उपचार गर्ने एमडी सुरज ज्ञवालीले बताए ।उनका अनुसार डा. शाह प्रत्येक आईतबार तुलसीपुर आउने गरेका छन् ।
साथै नागरिक हस्पिटलले पछिल्लो समय बिभिन्न बिशेषज्ञ चिकित्सकहरुलाई बोलाएर स्वास्थ्य उपचार प्रदान गर्दै आएको छ । विहीबार मात्रै मुटुरोग बिशेषज्ञ डा. अर्जुन बुढाथोकीले निःशुल्क उपचार गरेका थिए ।
शहीद गंगालाल मुटु अस्पताल तथा बीर अस्पतालबाट अनुभव प्राप्त रही हाल लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीले १८० जनालाई सेवा दिएका हुन् । मुटुका अप्रेशन गरेका विरामी, पीटी, आईएनआर, रक्तचाप, इको, इसीजीलगायतका सेवा प्रदान गरिएको थियो ।
केही दिन अघि मात्रै अस्पतालले स्नन क्यान्सर बिशेषज्ञ ल्याएर निःशुल्क उपचार प्रदान गरेको थियो । त्यतिबेला ९० जनाले सहज सेवा लिएका थिए । चितवनबाट स्तन क्यान्सर विशेषज्ञ डा.सञ्जय पाण्डे आएका थिए ।
आर्थिक अभाब हुनेहरुलाई मध्येनजर गरि यस्ता सेवाहरु दिइरहेको एमडी ज्ञवालीले बताए ।हाल हस्पिटलले जनरल फिजिसियन बिशेषज्ञ सेवा,नाक,कान,घाँटी रोग बिशेषज्ञ सेवा, सल्यक्रिया, रेडियोलोजी, प्रसुती तथा महिला रोग बिशेषज्ञ सेवा, ल्याब , फर्मेसीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
लाइभदाङ । १५ पुष २०७९, शुक्रबार १९:०४ बजे