
दाङ, ३ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते हुने निर्वाचनका ४८ जनाको उमेदवारी परेको छ । अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ। संघको अध्यक्ष पदमा नरेशकुमार श्रेष्ठ, अनिल आचार्य, धुर्बकुमार गहतराज र नरेशकुमार कार्कीले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिका संयोजक रेवतीरमण भट्टराईले जानकारी दिनुभयो ।
संघको वरिष्ठ उपाध्यक्ष पदमा भरतप्रसाद रेग्मी,शरदप्रसाद अधिकारी, महेन्द्र बुढाथोकीको उम्मेदवारी परेको छ। उद्योग उपाध्यक्षमा गेहेन्द्र बस्नेत र मनबहादुर बुढाथोकी तथा वाणिज्य उपाध्यक्षमा नोर्वु तामाङ, मानु केसी र रामप्रसाद पोख्रेलले उम्मेदवारी दिनुभएको छ । महासचिव पदमा माधव खनाल र विकास वलीले उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
सचिव पदमा गणेश पाण्डेय, भीमसेन डिसी र सुरज बुढाथोकी तथा कोषाध्यक्षमा प्रेमबहादुर बुढा मगर, ऋषि पोख्रेल र दिपक पण्डितको उम्मेदवारी परेको छ।
त्यसैगरी सहकोषाध्यक्ष पदमा ललित बेल्बासे, शालिकराम आचार्य र पुष्करराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ । वस्तुगत सदस्यमा ओमप्रकाश पोख्रेल र निमबहादुर बुढाथोकी, एशोसिएट्स सदस्यमा दिपकराज आचार्यको एकल उम्मेदवारी परेको छ। यस्तै, उद्योग सदस्यमा मनबहादुर विक र शेरबहादुर पुन तथा महिला सदस्यमा लक्ष्मीदेवी सिं ठकुरी र सुलोचना गौतमले उम्मेदवारी दिनुभएको छ ।
वाणिज्य सदस्य पदमा ओमकान्त रेग्मी, मुक्तिराम खनाल, दिवाकर पाण्डे, थानेश्वर बुढा, केशब डिसी, बदरुदिन राई र शिव डांगीले उम्मेदवारी परेको छ ।
त्यसैगरी खुला सदस्य पदमा तिलकबहादुर वली, असलम कुराश्मी, जीवनकुमार लम्साल, राधिका बन्जाडे, खिमबहादुर डांगी, नरबहादुर चौधरी, दुर्गाप्रसाद चौधरी, भरतबहादुर घर्ती मगर, गोपालप्रसाद खनाल, शुभाष न्यौपाने र हुकुमप्रसाद पोख्रेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारहरूले असोज ५ गतेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् भने उम्मेदवारी फिर्तापछि अन्तिम नामावली प्रकाशन गरिनेछ । यहि असोज ११ गते निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ।



लाइभदाङ । ३ आश्विन २०८३, शनिबार १३:४२ बजे