खोलाले बगाउँदा चार जनाको मृत्यु पछि पुल निर्माण कम्पनीका प्रतिनिधिलाई पक्राउ गर्न निर्देशन

दाङको सिस्ने खोलामा निर्माणाधीन पुल र निर्माण व्यबसायी यज्ञ खत्री । केही दिन अघि मात्रै पुल निर्माणले गति लिएको भनि दाङका प्रजिअ रामबहादुर कुरुम्वाङ्ले यो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

दाङ
१७ भदौ / दाङको लमही–घोराही सडकखण्ड अन्तर्गत सिस्नेखोलाले कार बगाएर चार जनाको मृत्यु भएपछि सोही खोलामा पुल निर्माण गरिरहेका निर्माण कम्पनीका प्रतिनिधिलाई दाङका प्रमुख जिल्ला अधिकारीले तत्काल पक्राउ गर्न निर्देशन दिएका छन् ।

प्रजिअ रामबहादुर कुरुम्बाङ्ले बाँके प्रहरीलाई पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् । पुल निर्माणको काम ढिला हुँदा अकालमा ज्यान गुमाउनु परेको भन्दै सोही खोलामा पुल निर्माण गरिरहेको एडभेन्चर/जेभीका प्रतिनिधि यज्ञ केसीलाई तत्काल पक्राउ गरेर प्रशासनमा उपस्थित गराउन निर्देशन दिएका हुन् ।

गएको असार २८ गते कम्पनीका प्रतिनिधि केसीले एक महिना भित्र काम सक्ने भनि प्रतिबद्धता जनाएको भनि प्रजिअ कुरुम्बाङ्ले आफ्नो फेसबुकमा अपलोड गरेका थिए । तर, दुई महिना वित्न लाग्दा पनि काम पूरा हुन सकेन् । काम नै अघि बढ्न सकेको छैन ।

No description available.


दाङको सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'