दाङको सिस्ने खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङको सिस्ने खोलामा निर्माणाधीन पुल र निर्माण व्यबसायी यज्ञ खत्री । केही दिन अघि मात्रै पुल निर्माणले गति लिएको भनि दाङका प्रजिअ रामबहादुर कुरुम्वाङ्ले यो तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

दाङ
१७ भदौ / दाङको घोराही–लमही सडक खण्ड अन्तर्गत सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गएराति १० बजेतिर नेपालगंजबाट घोराही तर्फ आउदै गरेको प्र–३–०१–०२४ च ४४४० नम्बरको सुजुकी एस प्रेस गाडीलाई बगाउँदा गाडीमा सवार घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ४० बर्षीय रीता माया पुन, गाडीमा सोही ठाउँ निवासी ३२ बर्षीया शुशिला श्रेष्ठ, घोराही १४ निवासी अन्दाजी ३१/३२ बर्षीया राधा कुवर र घोराही १४ निवासी करिब ४०/४२ बर्षीया बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । कार करिब डेढ किलोमिटर तल बगेको थियो ।


साथै कार चालक घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४३ बर्षीय नर बहादुर पुनको खुट्टा भाचिएको अवस्थामा फेला परेका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

घोराही उपमहानगरपालिका वडा नं.४ स्थित रहेको उक्त खोलाले गाडीलाई बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दाङको २१ जना र प्रहरी चौकी गोग्लीबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ५ जनाको टोली खटिएको थियो ।