गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि रोकिएको मतदान फेरि सुरु

गुल्मी, ४ मंसिर ।
गुल्मीको मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।


मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जिम्मेवारीबाट परिर्वतन पनि गरिएको छ । मतदान गरेका ५४ जना मतदाताले पुन : प्रतिनिधि सभाको मत दिन पाउने भएका छन् । जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।