शुभकामना आदान प्रदान कार्यक्रम

चिसापानी, ६ कार्तिक ।
विद्यार्थी नेता त्रय अनिल कुमार कार्की , प्रदिप कुमार के सि र नवीन योगिको व्यवस्थापनमा शनिबार बबई गाउँपालिकाको चिसापानीमा नेपालीहरुको दोस्रो ठूलो महान चाड दिपावलिको पावन अवसरमा शुभकामना आदान प्रदान एवं वनभोज कार्यक्रम सप्पन्न भएको छ।

उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले पर्वलाई भडकिलो नबनाइ आफ्नो क्षमता अनुसार मनाउने कुरामा जोड दिएका थिए। कार्यक्रममा शान्तिनगर गाउँपालिकाका पुर्व गाविस अध्यक्ष कुल बहादुर खडका , बबई गाउँपालिका पर्सा राम भुसाल, दंगिशरण गाउँपालिका कृष्ण राज शर्मा, त्यसै गरि खेम सेन्चुरि, ज्ञानेन्द्र राज शर्मा, जिबि जि एम, शेभेन्द्र देबकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


उक्त शुभकामना आदान प्रदान कार्यक्रममा तुलसीपुर , बबई , दंगिशरण र शान्तिनगरका गरि झन्डै १ सय ५० जनाको सहभागिता रहेको थियो, भने कार्यक्रमको सहजीकरण नवीन योगिले गरेका थिए।