घनश्याम डागीद्वारा जन्मदिनमा दिदि घरलाई सहयोग

तुलसीपुर १५ मंसिर ।
         तुलसीपुर स्थित लोकप्रीय सैलुन तथा मेकअप स्टुडियोका संचालक घनश्याम डागीले आफ्नो ३६ औ बर्षमा अनाथ बालबालीकाका लागि इस्थापित दिदि घर लाई बिभिन्न सहयोग गरेका छन् ।
बुधबार बिहान दिदी घरमै पुगेर उनले बिस्कुट , कापी कलम लगायतका सहयोग गरेका हुन् । साथै डागील दिदि घरमा पुगेर त्यहा रहेका बच्चाहरुको निसुल्क रुपमा कपाल काटिदिएका छन् ।  आउने दिनमा आफुले दिदी घरमा रहेका विद्यार्थीहरुको निसुल्क कपाल काटिदिने पनी बताए ।
घरमै आएर गरेको सहयोग प्रती दिदी घर संचालन गरेकी स्यानी चौधरीले धन्यवाद दिएकी थिइन् । डागी तुलसीपुरमा बिगत लामो समय देखि ब्यबसाय र सामाजिक काम गर्दै आएका छन् । उनी नेपाल  राष्ट्रिय उद्योग ब्यापार संगठन तुलसीपुरका अध्यक्ष पनि हुन् ।