राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु

घोराही, ६ कात्तिक ।
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएको छ। १ दशमलव ५ टेस्लाको एमआरआई मेसीन शुक्रबारदेखि औपचारिक रुपमा सुरु गरिएको प्रतिष्ठानका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. बोम बिसीले जानकारी दिए। एमआरआई मेसीन संचालन भएपछि त्यसक्षेत्रका सेवाग्राहीहरुलाई उपचारमा थप सहजता भएको छ। एमआरआर्ई मेसीन संचालन भएपछि टाउको,ढाड लगायत समस्या भएका बिरामीहरुलाई सहजता हुने बिसीको भनाई छ।

प्रतिष्ठानमा एमआरआई मेसीन नहुँदा त्यस क्षेत्रका नागरिकहरुर्लाई अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो। एक्सरे, सिटी स्क्यान लगातका सेवाहरु उपलब्ध भए पनि प्रतिष्ठानमा हालसम्म एमआरआई मेसीन संंचालनमा आउन सकेको थिएन।


प्रतिष्ठानमा अत्याधुनिक उपकरण थपिएसंगै पछिल्लोपटक सिटीस्क्यान मेसिन चालु अवस्थामै रहेको र अब एमआरआई सेवा सञ्चालनमा आएपछि बिरामीको रोगको डाइग्नोसिस गरेर उपचार गर्न सहज हुने बिसीको भनाइ छ।

एमआरआई सेवाका लिनका लागि दाङ र यस आसपासका सर्वसाधारणलाई यसअघि बुटवल, नेपालगञ्ज, काठमाण्डौ जानुपर्ने वाध्यता अन्त्य भएको छ।