मेडिकल कलेजकालागि प्रतिष्ठानलाई २० विघा जग्गा सहयोग

तुलसीपुर, १७ साउन ।
दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई मेडिकल कलेजकोलागि जग्गा प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थित सिद्धरन्तनाथ नमुना माबि नारायणपुरको २० विघा जग्गा प्रदान गरिएको हो ।

दाङका प्रमुख जिल्ला धिकारी रामबहादुर कुरुम्बाङका अनुसार प्रतिष्ठानलाई मेडिकल कलेज सञ्चालनकोलागि सो जग्गा उपलब्ध गराउने निर्णय भएको हो । यो संगै जिल्लामा एमबिबिएस र एमडीको अध्ययनकालागि प्रक्रिया अघि बढ्ने कुरुम्बाङ्को भनाई छ ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दिपक पाण्डेका अनुसार समग्र साविब राप्तीको मेडिकल शिक्षालाइ ब्यबस्थित गर्न महत्वपुर्ण भूमिका रहन सक्ने भन्दै विद्यालयको जग्गा प्रदान गरिएको हो ।
यस अघि जग्गाको टुंगो नलाग्दा मेडिकल शिक्षाको काम अघि बढ्न सकेको थिएन । अब भौतिक पूर्वाधारको काम अघि बढ्ने प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुषालले बताए ।