अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन अभाब

तुलसीपुर, २ साउन । अस्पतालहरुमा रेविज विरुद्धको भ्याक्सिन अभाब भएको छ ।

दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डेढ महिनादेखि भ्याक्सिन अभाब रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए ।“डेढ महिनादेखि अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन अभाब भएको हो”,उनले भने“अझै पनि भ्याक्सिन आएको छैन ।”


No description available.पटक-पटक भ्याक्सिनकालागि माग फाराम भरेर पठाएपछि अझै पनि आउन सकेको छैन । भ्याक्सिन नहुँदा विरामीलाई निजि अस्पताल पठाउनु पर्ने बाध्यता छ । रेविज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ । तर, सरकारी अस्पतालमै भ्याक्सिन अभाब भएपछि निजि अस्पताल पठाउनु पर्छ । निजि अस्पताल पठाउँदा एउटा भ्याक्सिनलाई सातसय रुपैँयासम्म पर्छ ।

पछिल्लो समय निजि अस्पतालमा पनि भ्याक्सिन अभाब रहदै आएको छ । प्रादेशिक अस्पतालमा १० दिनमा तीन सय भ्याक्सिन खपत हुने गरेको छ ।