एमालेले स्वास्थ्यकर्मीलाई दियो प्रशिक्षण

तुलसीपुर,२५ चैत । नेकपा एमालेले आफू निकट स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएको छ । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा नेतृत्व विकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा प्रशिक्षण भएको हो । प्रदेशका स्वास्थ्यकर्मीहरुलाई भेला गरि प्रशिक्षण दिइएको थियो ।

चैत २३ र २४ गते दुई दिन प्रशिक्षण दिईएको हो । पार्टीको आगामी योजनाका बारेमा जानकारी दिन यस्तो प्रशिक्षण आयोजना गरिएको संगठनका प्रदेश कोषाध्यक्ष दोर्ण वलीले बताए ।

साथै स्वास्थ्यकर्मीहरुले पार्टीलाई गर्न सक्ने योग्दानका बारेमा पनि छलफल भएको थियो । सबै जनबर्गीय संगठनको सहयोगमा मात्रै पार्र्टी अगाडी बढ्ने एमालेका केन्द्रीय सदस्य कोमल वलीले बताईन् ।


स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष चिन्तामणी ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य घनश्याम पाण्डे, नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, नेकपा एमाले लुम्बिनी प्रदेशका उपसचिव द्रोर्ण बुढा, लगायतले प्रशिक्षण दिएका थिए ।