के हो त फेसबुकका फलोअर्स घट्नुको कारण ?

काठमाडौं, २६ असोज ।
बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९५ मात्र बाँकी रहे । जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् ।

फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा फेसबुकले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

फेसबुकले यसअघि फेक अकाउन्ट डिलिट गर्ने अभियान सुरु गरेको थियो । त्यसरी फेक अकाउन्ट डिलिट गर्दा लाखौँ फलोअर्स भएका पेजबाट केही हजार फलोअर्स घट्नु स्वभाविक भएको फेसबुकले नै बताएको थियो ।


तर अहिले करोडौं फलोअर्स भएका जुकरबर्गकै फलोअर्स ९ हजार ९९५ मा झर्नुको कारण भने बग नै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।