एनप्याब्सनद्वारा चालकलाई ट्राफिक सचेतना

तुलसीपुर, १२ असार । एनप्याब्सन दाङमा आवद्ध विद्यालयका चालक र सहचालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ । एनप्याब्यसन दाङको आयोजनामा विहीबार कार्यक्रम गरि तुलसीपुर क्षेत्रका चालक र सहचालकहरुलाई सचेतना प्रदान गरेको हो ।

चालक र सहचालकको हातमा विद्यार्थीको भविष्य जोडिएकाले सचेतना प्रदान गरिएको हो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाही विद्यार्थीहरुलाई सुरक्षित विद्यालय र घर पु¥याउने जिम्मा चालक र सहचालकहरुको नै भएको भन्दै सम्वेदनशील हुनुपर्ने बताए ।

उनले गाडी तिब्र गतिमा नचलाउन, मापसे गर्ने जस्ता कार्य नगर्न भनेका थिए । त्यस्तै विद्यार्थीहरुलाई जहाँपायो त्यही छोड्ने नभई सम्बन्धित अभिभावकको जिम्मा लगाउनु पर्ने समेत बताए ।


एनप्याब्सन दाङको अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि शर्माले यस्ता कार्यक्रमहरुले चालकहरुलाई सम्वेदनशील बनाउने बताए ।

शारदा विद्या मन्दिरको प्रिन्सिपल इन्दिरा शर्माको स्वागत मन्तब्य ब्यक्तबाट शुरू भएको कार्यक्रमको सहजीकरण एनप्याब्सनको दाङका प्रवक्ता हरि प्रसाद भण्डारीले गरेका थिए ।