सरफ बनाउने तालिम सुरु

तुलसीपुर
२५ माघ / सीप सिकेर आत्म निर्भर वन्ने उद्धेश्यका साथ तुलसीपुरमा छोटो अवधिको सरफ वनाउने तालिम सुरु भएको छ । सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजना र तुलसीपुर उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोगमा मावि सेन्टरको हलमा तालिम सुरु भएको हो । ८ दिने लक्षित कार्यक्रम अन्र्तगत सरफ वनाउने तालिमको
एक कार्यक्रमका विच उदघाटन गरिएको छ ।

तालिम उदघाटन कार्यक्रम सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङका अध्यक्ष भीमवहादुर विश्वकर्माको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वाडनं नं १२ का वडा अध्यक्ष सूर्यवहादुर डाँगीको प्रमुख आथित्यम भएको हो । तालिम उदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाल राष्ट्रिय दलित समाजकल्याण संघका केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा,कार्यपालिका सदस्य शान्ता पुन, मा.वि.सेन्टरका प्र.अ. भागवत पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडैल, वडा सदस्य मानवहादुुर के.सी, दलित महिला सदस्य टिका कुमारी वि.क, प्रशिक्षक दिपा के.सी.लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


उपाध्यक्ष रामवहादुर नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सदस्य किरण विश्वकर्माले गरेका थिए । तालिम अहिलेको कोभिड—१९ को महामारीलाई ख्याल गरि स्वास्थ्य मापदण्ड अपनाएर २० जनाको दरले छुट्टा छुट्टै हलमा राखी जम्मा ४० जनाको विचमा संचालन गरिएको छ । तालिमको प्रशिक्षकहरुमा विष्णु थापा र दिपा केसी रहेका छन् ।

तालिममा बोल्ने वक्ताहरुले तालिम फलदायी हुनु पर्ने, व्यवहारमा लागु गर्नु पर्ने, वताएका थिए। तालिमले साचिकै सहभागीहरुलाई आत्मनिर्भर वनाउन सक्ने निष्कर्ष निकालेका थिए ।