थारु कल्याण कारीणी सभाको पुनःनिर्मित भवन उद्घाटन

दाङ ७, भदौ । थारु कल्याण कारीणी सभादाङको पुनःनिर्मित भवनको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । भवनको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगरप्रमुख चौधरीले थारुहरुको राम्रो नेतृत्व तथा राज्यसँगको पहुँच अभावका कारण थारु समुदायका विभिन्न भौतिक संरचनालगायत सामाजिक मुद्दाहरु सम्बोधन हुननसकेको बताए । उनले थारु समुदायको विभिन्न कला, संस्कृति, परम्पराको संरक्षण गर्नुपर्ने भन्दै थारु समुदायबाट नै पहलको आवश्यकता रहेको बताए ।

अझै पनि थारु समुदायमा कानुनी, राजनीीतक तथा व्यावसायिक ज्ञानको अभाव रहेकोले थारु कल्याण कारीणी सभादाङको तर्फबाटगाउँ केन्द्रित सचेतनाकार्यक्रम संचालन गर्नुपर्ने उनले आग्रह गरे । साथै, राज्यको हरेक अंगमाथारु समुदायको उपस्थितीन्युन रहेकोले थारुहरुको हरेक मुद्दाहरुलाई सहज रुपमा सम्बोधन गर्न थारु कल्याण कारीणि सभाले सहजीकरण गर्न भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यमका प्रमुख अतिथि समेत रहेका चौधरीले थारु कल्याणकारीणी सभाको नेतृत्वले अहिलेको अवस्थामा राम्रो काम गरेको भन्दै प्रशंसा समेत गरे ।

संरक्षणको अभावमाजिर्ण रहेको थारु कल्याण कारीणी सभाको भवन १५ लाख बराबरको रुपैयाँमापुननिर्माण गरिएको छ । यसको लागिघोराहीउपमहानगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो । त्यस्तै, थारु कल्याणकारीणी सभाका अध्यक्ष भुवन चौधरीले भवन निर्माण भएतापनि अझै शौचालय, खानेपानी तथा कोठाहरु थप गर्नुपर्ने बाँकी रहेको जानकारी दिए । उनले विभिन्न निकाय सँग थारु कल्याणकारी सभा मार्फत पहल गरेर यस कार्यलाई सम्पन्न गर्ने बताए । त्यसैगरी सोहीभवनमाथारु पत्रकार संघ दाङ, राष्ट्रियथारु कलाकार मञ्च र थारु विद्यार्थी समाजको कार्यलय पनि स्थापना गरिएको छ ।


वि.सं २००५ सालमा स्थापनाभएको थारु कल्याण कारीणी सभादाङको भवन २०५६ सालमानिर्माण गरिएको थियो । त्यसपछिनिर्माणाधिन रहेको भवनऔपचारिक रुपमा संचालनहुन सकेको थिएन । अब सोहि भवनबाटथारु कल्याण कारीणी सभाले कार्यलय संचालन गर्ने जानएको छ । था.क.सको भवनघोराहीउपमहानगरपालिका वडा नं १७पनौरामाअवस्थित रहेको छ ।

थारु कल्याण कारीणी सभाका अध्यक्षभुवन चौधरीको सभाध्यक्षतातथाघोराहीउपमहानगरपालिकाकानगरप्रमुखनरुलाल चौधरीको प्रमुखआथित्यमाभएको कार्यक्रममाघोराही १७ का वडाअध्यक्षखुशिराम चौधरी, थारु पत्रकार संघ दाङकाजिल्लाअध्यक्षनविन चौधरी, राष्ट्रियथारु कलाकार मञ्चकाअध्यक्षशालिकरामचौधरी, मटाँवाचन्द्रप्रसाद चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण सचिवप्रकाश चौधरीले गरेका थिए ।