दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ, १४ जेठ । दाङमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर र नगद रकमसहित गढवाबाट दुई जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले गढवा गाउँपालिका ६ स्थित गढवाबाट लमहीतर्फ आउँदै गरेको रा ८ प ४७८९ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध ब्राउन सुगर र नगद रकमसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।


पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवा बस्ने महमद अजाद खाँका छोरा अन्दाजी २० वर्षिय सहिद रजा खाँ र सोही ठाउँ बस्ने मेराज खानका छोरा अन्दाजी २६ वर्षिय महमद ईस्तिका खान रहेका छन् ।

उनीहरुको साथबाट ३ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर, १ लाख ३९ हजार ५ सय रुपैँया नगद, ५ थान मोबाइल (स्क्रीन टच ४ थान र एक थान सादा) र एक थान मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।