यी हुन्,राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि दाङबाट छनोट भएका विद्यालयहरु

तुलसीपुर, ३१ भदौ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दाङबाट ५२ वटा विद्यालय छनोटमा परेका छन । जिल्लाका दस पालिका मध्ये सबैभन्दा धेरै घोराहीका ९ वटा विद्यालय छनोट भएका छन ।

त्यसैगरी तुलसीपुरमा ८,शान्तिनगरमा ५,राप्तीमा ४,बङ्गलाचुलिमा ४, राजपुरमा ५ वटा विद्यालय छनोट भएका छन। यस्तै गढवामा ४,बबईमा ५,लमहीमा ४ र दङ्गीशरणमा ४ वटा बिद्यालय छनोट भएका हुन । जसमध्ये २९ वटा बिद्यालयमा २ र ४ कोठे भवन बन्नेछन् भने २३ वटा बिद्यालयमा आईसिटि ल्याव स्थापना हुनेछ ।

केन्द्रका अनुसार ४ कोठे भवनको लागि ४५ लाख, २ कोठे भवनको लागि २२ लाख पचास हजार र आईसिटि परेका बिद्यालयले ६ लाख पचास हजार पाउनेछन् । भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त कार्यक्रमका लागि ३ हजार ४७५ विद्यालय छनोट गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोबिन्दराज पोख्रेलले कार्यक्रम कार्यान्वयन सम्बन्धी बिस्तृत प्रक्रिया तयारी भईरहेको जानकारी दिनसभएको छ । उहाँले वित्तिय हस्तान्तरण हुने क्रममा रहेकोले प्राप्त भएपछि कार्यक्रम लागू गर्न तथा गराउन निर्देशन समेत दिए ।