जनप्रतिनिधी र पार्टीबीच सहकार्य आवश्यक : खनाल

कमिरेचौर, २८ साउन ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले पार्टी र जनप्रतिनिधीबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ (क) ले बंगलाचुली गाँउपालिकाको कमिरेचौरमा जनप्रतिनिधी र नेपाली कांग्रेसबीच आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा बोल्दै उपसभापति खनालले विकास निर्माण र सामाजिक रूपान्तरणकालागी पार्टी र जनप्रतिनिधीबीच सहकार्य र समन्वय हुन आवश्यक भएको बताउनुभयो ।

संविधान सभा सदस्य समेत रहनुभएका खनालले गठबन्धन देशको आवश्यकता भएको बताउनुभयो । लिने र दिने अवधारणाका साथ नेपाली कांग्रेस अन्य दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा रहेको उहाँले बताउनुभयो । बिगतको निर्वातनमा भएको समीक्षा गर्दै कमीकमजोरीलाई सच्याउदै शंक्ती सञ्चयकासाथ आगामी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता कार्यकर्तामा अनुरोध गर्नुभयो ।

बंगलाचुली गाउपालिका पहाडी गाँउपालिका भएकाले पनि विकासमा केही पछि परेकाले यस क्षेत्रको विकासकालागी सबै हातेमालो गरेर विकास निर्माणमा लाग्न खनालको अनुरोध गर्नुभयो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह-महामन्त्री खगराज पाण्डेले नेता कार्यकर्तालाई क्रियाशील बनाउनकालागी प्रशिक्षण र उत्प्रेरित गर्ने कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

अर्का विशिष्ठ अतिथि नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगीले कांग्रेसलाई बनाउनकालागी वडा समिति क्रीयाशील हुन आवश्यक रहेको बताउनुभयो । वडा समिति पार्टीको जग भएकाले जग बलियो बनाएर आगामी निर्वाचनको तयारीमा लाग्न सम्मूर्ण नेता कार्यकर्तामा अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति मोहनलाल वली, नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सचिव आर.के.शीतल, नेपाली कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधी पूर्णबहादुर मल्ल, बंगलाचुली गाउपालिकाका उपाध्यक्ष भक्तबहादुर जि।सी, नेपाली कांग्रेस बंगलाचुली गाँउपालिका सभापति जागेश्वर अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


बंगलाचुली गाउपालिका १ का अध्यक्ष बिष्णु कवर, वडा नम्बर २ का अध्यक्ष मैते पुन, वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी, ५ का वडा सदस्य डम्बर बैजाली, ६ का अध्यक्ष डोमबहादुर खत्री, सदस्य हिमाल महरा, कार्यपालिका सदस्य गणेश विश्वकर्माले जनप्रतिनिधी भएपछिमा अनुभव व्यक्त गर्नुभएको थियो ।

यस्तै बंगलाचुली गाँउपालिका १ का सभापति बिनोद गौतम, २ का कार्यवाहक सभापति ईश्वर रोका, ३ का सभापति गिरबहादुर डाँगी, ४ का सभापति शिवराज परियार, ५ का सभापति केशव जिसी, ६ का सभापति हिराबहादुर घर्ति, ७ का सभापति तेजबहादुर खत्री, ८ का सभापति ज्ञानबहादुर वलीले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनका विषयमा भनाई राख्नुभएको थियो ।

क्षेत्र नम्बर २ (क) का सचिव माया पोख्रेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण सचिव शिशिर अधिकारीले गर्नुभएको थियो ।