शितलपुरको सिद्धेश्वर शिव मन्दिरमा चोरी तथा तोडफोड

तुलसीपुर, ९ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिका–१२, शितलपुरस्थित श्री सिद्धेश्वर शिव मन्दिरमा चोरी तथा तोडफोड भएको छ। मन्दिरका पुजारी कमलप्रसाद दाहाल बस्ने कोठामा चोरले कोठाको ताल्चा र दराज फोडी गरगहना तथा अन्य सामान र मन्दिरको दानपेटिकाबाट केहि नगद चोरी गरेको हो।

दाहाल परिवार दसैँ मनाउन रुकुम गएको मौका पारी चोरी भएको पाईएको छ । चोरी गर्ने व्यक्तिले आफूले लगाएका लत्ताकपडा र चप्पलसमेत घटनास्थलमै छाडेको बताइएको छ।


कोठाबाट सुन तथा नगद के–कति चोरी भएको हो भन्ने विवरण भने पुजारी फर्किएपछि मात्रै यकिन हुने छ। घटनाबारे जानकारी पाएलगत्तै आज बिहान जसपुर प्रहरी चौकीको टोली र स्थानीयवासी घटनास्थलमा पुगेका थिए।

घटनाबारे थप विवरण आउन बाँकी छ ।