नेकपा तुलसीपुर ५ ले ग¥यो जिम्मेवारी बाँडफाँट

तुलसीपुर ११ माघ ।
नेपाली कम्युनिष्ट पार्टी तुलसीपुर ५ ले चुनाबलाई सफल बनाउनकालागि जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीका वडा कमिटि अध्यक्ष भिम बहादुर खत्रीको अध्यक्षता तथा केन्द्रिय सदस्य अनरकलि मियाको प्रमुख अथितितामा बैठक बसि जिम्मेवारी बाँडफाँट गरेको हो ।

फागुन २१ गते हुन लागेको निर्वाचनमा प्रत्येक्ष तर्फका उम्मेदवार धनबहादुर मास्की(राजेश) र समानुपातिक तर्फका उम्मेदवारलाई जिताउनकालागि प्रेम बक्स मियाको संयाजकत्वमा चुनाब परिचालक कमिटि निर्माण गरिएको हो । जसको सहसंयोजकमा धन बहादुर बुढा, सदस्यहरुमा लोक बहादुर वली, मोहन लाल पुन र शिव बुढालाई चयन गरिएको छ ।
त्यस्तै महिला परिचालन कमिटी पनि गठन गरिएको छ । जसको संयोजकमा गमला बाठ (चेतना), सह सयोजक माया पुन, सदस्य तरविरन खातुन , सीता केसी,पबित्रा खड्का, बिमला बिक, तिला चौधरी, रन्जना परियार, खिमा छिनाल, गोपी परियार, पार्वति परियार, अम्बिका पुन, चन्द्रा वली र बाकी सबै वडा कमिटीका महिला हरुलाइ समावेस गरि ३० जनाको कमिटि निर्माण गर्ने निर्णय गरिएको छ ।


त्यस्तै कृष्णा परियारको संयोजकत्व तथा वकिल मियाको सहसंयोजकत्वमा युवा परिचालन कमिटि निर्माण गरिएको छ । त्यस्तै सदस्यहरुमा सालिकग्राम परियार, सदस्य मोकान सुनार लगायत ५० जनाको कमिटी गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै निर्वाचन टोल कमिटि, कार्यालय तथा अनुगमन कमिटि, प्रचार प्रसार कमिटिपनि गठन गरिएको छ ।

बैठकमा नेपाली कम्युनिस्ट पाटिका लुम्बिनी प्रदेश सदस्य तथा ३ निर्वाचन क्षेत्रका सहइन्चार्ज प्रेमराज वली (प्रभात), प्रदेश कमिटी सदस्य प्रेमबक्स मिया, पुर्ण रावल, नेपाल उद्योग ब्यापार महासघका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज मिनराज भन्डारी, पार्टीका वडा इन्चार्ज वेदप्रसाद वली, रास्टिय मगर मुक्ति मोर्चाका लुम्बिनी प्रदेश उपाध्यक्ष धन ब बुढा, अनेमा सघ कान्तिकारीका सदस्य चेतना बाठा मगर, सघका नगर अध्यक्ष माया , प्रेस सेन्टर दाङका सचिब सचिव दिपक बोहरालगायतको सहभागिता रहेको थियो ।