दाङ – २ कान्छा उम्मेद्वार प्रतिक

दाङ, ६ माघ ।
आगामी फागुन २१ गते हुुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ वर्षिय प्रतिक अधिकारीले प्रगतीशिल लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दिएका छन् ।

तत्कालिन माओवादी केन्द्रको विद्यार्थी राजनीतिक आन्दोलनबाट उदाएका अधिकारी अहिले दाङ क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका कान्छा उम्मेद्वार हुन् । जेन–जी आन्दोलन पछिको विषयक राजनीतिक परिस्थितीको निर्माणसँगै पार्टीले नवयुुस्ताको प्रतिनिधित्वसँगै मुलुकको स्वाधिनता , समृद्धि र संविधानको रक्षाका निमित्त आफूलाई अघि सारेको बताए ।


विद्यार्थी संगठनको राजनीतिक सँगै आफूले सामाजिक सेवा र शिक्षालाई एकसाथ अघि बढाउदै पार्टीको संगठनको केन्द्रीय जिम्मेवारी समेत निर्वाह गरिसकेकाले नवयुुस्ताको चाहाना , मुलुकको आवयश्कता र उचित निकासका लागि पार्टीले आफूलाई अघि सारेको बताए । उनले उम्मेद्वारी दर्ताका क्रममा पत्रकारहरु सँग कुरा राख्दै यस्तो बताएका हुन् । उनी अहिले पेशाले ईन्जीनियर हुन् ।