तुलसीपुर नगर जेसिजले साताव्यापी कार्यक्रम गर्ने

देव राज कँडेल
तुलसीपुर, २४ साउन ।

तुलसीपुर नगर जेसिज वर्ष २०२२ ले साताव्यापी कार्यक्रम गर्ने भएको छ । मंगलवार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरि भदौ ३ गते देखि साताव्यापी कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो ।

साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन भदौ ३ गते हेल्थडेक्स स्थापना गरि कार्यक्रम उद्धघाटन गरिने छ । त्यस्तै भदौ ४ गते जनप्रतिनिधिसगं जेसिजविषयक अन्तरक्रिया कायृक्रम गरिने छ ।

भदौ ५ गते बक्त्तृत्वकला प्रतियोगिता (जेसीजभित्र) भदौ ६ गते जनतासगै न्यायको पहुँच विषयक कार्यक्रम गरिने तुलसीपुर नगर जेसिज वर्ष २०२२ का अध्यक्ष जेसी केशवराज केसीले जानकारी दिए ।

उनका अनुसार भदौ ६ गते सरस्वती मावी दमारगांउमा नि:शुल्क आँखा शिबिर,भदौ ८ गतेशिखरकोलोनी फुटसल ग्राउण्डमा फुटसल प्रतियोगिता (अन्तर विद्यालय) र भदौ ११ गते जेसिज सचिवालयमा तिजमिलन कार्यक्रम गरि सप्ताहको समापन गरिने छ ।


पत्रकार सम्मेलनमा प्रेस युनियनका केन्द्रिय सदस् चेतन रेग्मी,तुलसीपुर नगरजेसिजका पुर्व अध्यक्ष जेसी मेघराज घिमिरे,रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण तुलसीपुर नगर जेसिज वर्ष २०२२ का महासचिव जेसी पुर्ण बिक्रम डाँगीले गरेका थिए ।