मौलिक शैलीमा सयपत्री दोहोरी घरको तीज मिलन

तुलसीपुर, १७ भदौ । दाङको तुलसीपुरमा सञ्चालित सयपत्री दोहोरी घरले मौलिक संस्कृती संरक्षणमा सक्रियता देखएको छ । पछिल्लो समय तिज पर्ब भड्किलो बन्दै गरेको अबस्थामा तिजको संस्कार, संस्कृति संरक्षणमा सक्रिय भएको हो ।

शनिबार उक्त दोहोरी घरले मौलिक गाजाबाजासहित तिज मिलन गरेको थियो । जहाँ मादल, बाँसुरी, खैचडीको प्रयोग भएको थियो । उद्यपी पछिल्लो समय तिज मिलन कार्यक्रममा पनि मादल, बाँसुरी बजाएर नाच्ने चलन हराउँदै गएको छ । दरको नाममा पनि निकै खर्चिलो हुने गरेको छ । तर, सयपत्री दोहोरी घरले अर्गानिक खाना भात, दाल, सिन्कीको अचारलगायतका परिकार खुवाएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्थित जनश्रमिक प्रावि गैरापातुमा उक्त कार्यक्रम भएको हो । यो कार्यको सबैले प्रशंसा गरेकाथिए । राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष उषा दसौदीले यसरी तिज मनाउनुले संस्कार र संस्कृति संरक्षण हुने बताईन् ।


त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि पत्रकार दीपक बोहरले यस्ता कार्यक्रमको निरन्तरताको आबश्यकता रहेको बताएका थिए । समाजलाई सही मार्गमा हिडाउनकालागि सही कर्म गर्नुपर्ने भन्दै यो सुरुवात हुनुपर्ने बताए । नेपाली संस्कार, संस्कृति संरक्षण गर्न सकेमा यहाँको लोक पर्यटनलाई पनि टेवा पुग्ने उनको भनाई थियो ।

रमेश जैशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण भिम वली एसबीले गरेका थिए, भने विषय प्रवेश अध्यक्ष दीपक वलीले गरेका थिए ।