राप्तीद्वारा युवालाई आत्मनिर्भर बनाउन कपाल काट्ने तालिम प्रदान

देउखुरी, २ असार ।
दाङ देउखुरीको राप्ती गाउँपालिकाले युवालाई आत्मनिर्भर बनाउन एक महिने निस्शुल्क कपाल काट्ने तालिम प्रदान गरेको छ। गाउँपालिकाको साना उद्यम तथा व्यवसाय उत्थान कार्यक्रम तथा सिप विकास कार्यक्रम अन्तर्गत सो तालिम प्रदान गरेको हो।


तालिम गाउँपालिकाको आयोजना तथा तेजश्री प्राविधिक शिक्षालयको प्रविधिक सहयोगमा वडा नं.४ को मौरीघाटमा सञ्चालन भएको उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले जानकारी दिनुभयो । तालिममा २ जना महिला सहित ९ जना युवाहरुको सहभागीता रहेको छ ।